दफा २९
लेखा परीक्षण सेवा प्रदान गर्न नपाउने
पेशागत प्रमाणपत्र प्राप्त नगरी कुनै व्यक्तिले लेखापरीक्षण सेवा प्रदान गर्न पाउने छैन ।
तर कम्पनी ऐन अन्तर्गत स्थापना भएका कम्पनी वा व्यावसायिक संस्थाको लेखापरीक्षण बाहेक अन्य लेखापरीक्षणको सम्बन्धमा नेपाल सरकारले छुट्टै व्यवस्था गरी नियमन गर्न गराउन यस दफाले बाधा पुर्याएको मानिने छैन ।